काठमाडौंको विभिन्न १६ ठाउँबाट जुलुस निस्कने
काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज राजधानीको विभिन्न १६ ठाउँबाट जुलुस निस्काल्ने भएको छ। राजदरबार अगाडि हुने भनिएको सभामा...
काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज राजधानीको विभिन्न १६ ठाउँबाट जुलुस निकाल्ने भएको छ।
राजदरबार अगाडि हुने भनिएको सभामा एकीकृत हुन बिहान ११ बजेदेखि १ बजेसम्म जुलुस निस्कने छ।
स्वयंसेवक परिचालन कमिटीका अध्यक्ष महेश बस्नेतका अनुसार सभाका लागि तयार गरिएका तीन हजार स्वयंसेवक वाकिटाकीसहित परिचालन हुनेछन्।
१६ वटै ठाउँबाट आउने जुलुस दरबारमार्गको चार लेन सडकमा बस्ने छ।
आमसभाका मुख्य वक्ता प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा छन्।
जुलुसमा तीन लाख जनसंख्या उतार्ने योजना रहेको बस्नेतले बताए।
प्रकाशित मिति: १२:२८ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
-1791022760.jpeg)



-1791022760.jpeg)






