Kathmandu Press

स्वेतपत्र जारी गर्ने प्रचण्ड नेपाल समूहको तयारी

काठमाडौं माघ २३ : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वेतपत्र जारी गर्न लागेको बताएका छन्।आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति...
स्वेतपत्र जारी गर्ने प्रचण्ड नेपाल समूहको तयारी

काठमाडौं माघ २३ : नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वेतपत्र जारी गर्न लागेको बताएका छन्।

आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै उक्त समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन्।

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले भने, ‘यो पार्टीभित्रको मात्रै विवाद होइन। यो प्रतिगमनका पक्षमा र संविधानमाथि भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं। अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन्? उनीहरू कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्।’

प्रकाशित मिति: १२:०६ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्