Kathmandu Press

संवैधानिक आयोगको नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटा पुगे सर्वोच्च अदालत

काठमाडौं, माघ २३ : संवैधानिक निकायहरुमा भएको नियुक्ति बदरको माग गर्दै रिट लिएर सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्। उनी शुक्रबार बिहान...
संवैधानिक आयोगको नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटा पुगे सर्वोच्च अदालत

काठमाडौं, माघ २३ : संवैधानिक निकायहरुमा भएको नियुक्ति बदरको माग गर्दै रिट लिएर सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्। उनी शुक्रबार बिहान अदालत पुगेका हुन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन्।

सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।

उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए।

संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको संवैधानिक परिषद्को पत्रसहितका विवरणसमेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।

प्रकाशित मिति: ११:४९ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्