Kathmandu Press

साढे दुई घण्टाको बाटो ४५ मिनेटमा 

म्याग्दी, माघ २३ : सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको...
साढे दुई घण्टाको बाटो ४५ मिनेटमा 

म्याग्दी, माघ २३ : सडक र पुल निर्माणभएपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–५, ६ र ८ का बासिन्दालाई पालिकाको केन्द्र मौवाफाँट पुग्न यात्रा अवधि छोटिएको छ।

रघुगङ्गा गाउँपालिका–४ र ५ को सिमाना बुग्लस्थित राहुघाट नदीमाथि मोटर गुड्ने पुलका साथै बुग्ल हुँदै झिँ जोड्ने सडक निर्माण भएपछि साढे दुई घण्टा लाग्ने बाटो ४५ मिनेटमा छोटिएको हो। रघुगङ्गा हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाले हालै बुग्लमा ट्रस प्रविधिको ४० मिटर लामो यो पुल र सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुग्लदेखि झिँ जोड्ने सात किलोमिटर सडक निर्माण गरेको छ।

Hardik ivf

झिँका वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले राहुघाटमा मोटरेबल पुल र सडक बनेसँगै झिँ र पाखापानी र कुइनेका बासिन्दालाई गाउँपालिकाको केन्द्र मौवाफाँट आवतजावतका लागि बेनी हुँदै घुमाउरो बाटोको यात्रा गर्नुपर्ने बाध्यता हटेको बताए। ‘झिँ–मौवाफाँट यातायात सञ्चालन भएपछि साढे दुई घण्टाको बाटो ४५ मिनेटमा छोटिएको छ,’ उनले भने, ‘यो सडक र पुलबाट झिँ, पाखापानी र कुइनेखानीका एक हजार घरधुरीभन्दा बढी लाभान्वित भएका छन्।’ 

बुग्लमा पुल निर्माण भएपछि गाउँपालिकाले पहिरोले बिगारेको बुग्ल–झिँ सडक मर्मत गरेर सवारी साधन सञ्चालन गरेको हो। यो सडक मर्मतका लागि म्याग्दी क्षेत्र (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विनोद केसीले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रममार्फत १० लाख रुपैयाँ विनियोजन गरेका छन्। सडक र पुल नहुँदा झिँ, पाखापानी र कुइनेका बासिन्दा गाउँपालिका केन्द्र मौवाफाँट पुग्न पात्लेखेत, घतान, बेनी, गलेश्वर र पिप्ले हुँदै घुमाउरो सडकको यात्रा गर्नुपर्ने समस्या थियो। सडक यातायातको विकल्पमा स्थानीयवासीले पैदलयात्रा गर्दै आएका थिए। 

बुग्लको पुल र सडकले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधलाई सिधा सडक सञ्जालमा जोडेको छ। पुल बनेसँगै आयोजनाको बाँध र अडित नं १ को सुरुङ निर्माणमा सहज भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक गणेश केसीले बताए। 

राहुघाटको सिभिल ठेकेदार जयप्रकाश (जेपी) एशोसिएट्सले रघुगङ्गा नदीको दायाँबायाँ पक्की पर्खाल उठाएर ट्रस जोडेर दुई करोड ५० लाखरुपैयाँ खर्च गरेर ४० टन भारबहन क्षमताको ३.५ मिटर चौडाइ भएको पुल बनाएको हो। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइइो लिमिटेड प्रवद्र्धक रहेको राहुघाटको रघुगङ्गा–३ तिल्केनीस्थित विद्युत्गृहदेखि दग्नाम र झिँको फेदीमा निर्माण हुने बाँधसम्म १० किलोमिटर पहुँचमार्ग निर्माण भइसकेको छ।

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, माघ २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्