Kathmandu Press

एमसीसीविरोधी नारा नलगाउन भनेको हो, त्यसको समर्थनमा गएको होइन : प्रचण्ड

काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नरहेको...
एमसीसीविरोधी नारा नलगाउन भनेको हो, त्यसको समर्थनमा गएको होइन : प्रचण्ड

काठमाडौं, माघ २३ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नरहेको बताएका छन्। 

शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले आमहड्तालका क्रममा आफूले एमसीसीविरोधी  नारा नलगाउन मात्र भनेको आफू यसको समर्थन वा विरोधमा नरहेको बताए।  

‘अहिले हामी गुण्डागर्दी शैलीमा भएको संवैधानिक पदाधिकारीको नियुक्तिको विरोधमा उत्रिएका हौं , यो बेला पचासथरी नारा नलगाउनुस् भनेको हो, उनले भने, ‘बीचमा फ्याट्ट एमसिसी आयो। यो कसरी बीचमा घुस्यो भन्ने हो। यसको मतलब म एमसिसीको पक्षमा अथवा पुनर्विचार गरेको भन्ने होइन। मैले अमेरिकी राजदूतलाई पनि हामी पुनरावलोकनको पक्षमा छौं भनेको छु।’

बिहीबार प्रचण्ड नेपाल समूहले गरेको आमहड्तालमा सहभागी हुन पुल्चोक पुगेका प्रचण्डले त्यहाँ केहीबेर नाराबाजी गरेका थिए।

कार्यकर्ताले नारा लगाउने क्रममा अमेरिकी परियोजना एमसिसीविरूद्ध नारा लगाएका थिए। तर प्रचण्डले तत्कालै त्यो नारा रोक्न इसारा गरेका थिए।

प्रकाशित मिति: १०:२८ बजे, शुक्रबार, माघ २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्