शीतल निवाससम्म नागरिक समाजको मार्च पास
काठमाडौं, माघ २३ : नागरिक समाजले शुक्रबार बिहान लैनचौरदेखि शीतल निवास नजिकसम्म मार्च पास गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति...
काठमाडौं, माघ २३ : नागरिक समाजले शुक्रबार बिहान लैनचौरदेखि शीतल निवास नजिकसम्म मार्च पास गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति गरेको भन्दै त्यसको विरोधमा नागरिक समाजले मार्च पास गरेको हो।
उनीहरुले राष्ट्रपति ज्यू संविधान कहाँ छ?, अवैधानिक नियुक्ति मान्दैनौं, सत्ता कब्दा मुर्दावाद, लोकतन्त्र जिन्दावाद लेखिएका पम्पलेट बोकेका थिए।
शीतल निवास हिँडेका उनीहरूलाई प्रहरीले पानी पोखरीमै रोकेको थियो।
प्रकाशित मिति: १०:११ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
