म्यानमारमा फेसबुक सञ्चालनमा प्रतिबन्ध
काठमाडौं, माघ २३ : म्यानमारमा सैन्य ‘कु’ पछि फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन्...
काठमाडौं, माघ २३ : म्यानमारमा सैन्य ‘कु’ पछि फेसबुक सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
देशमा स्थायित्व कायम राख्न फेसबुकमा प्रतिबन्ध लगाइएको अधिकारीहरूले जनाएका छन् । सोमबार भएको सैनिक ‘कु’पछि अधिकांश नागरिकले फेसबुककै माध्यमबाट आफ्नो विरोध दर्शाउँदै आएकोले त्यसमा पनि अकुंश लगाएको हो ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार फेब्रुअरी ७ सम्म फेसबुक चलाउन रोक लगाइएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
प्रकाशित मिति: ०९:०९ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












