प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई हरायो

काठमाडौं, माघ २३ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले टोटनह्यामलाई हराएको छ ।
गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन खेलको २४ औँ मिनेटमा जोर्गिन्होले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि चेल्सी अंक तालिकाको छैठौं स्थानमा उक्लिएको छ । पराजित टोटनह्याम आठौं स्थानमा धकेलिएको छ । चेल्सीले २२ खेलबाट ३६ अंक जोडेको छ भने टोटनह्यामको २१ खेलमा ३३ अंक छ ।
प्रकाशित मिति: ०७:२८ बजे, शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











