Kathmandu Press

ओमान र अमेरिकासँगको सिरिजको प्रारम्भिक टिम घोषणा

काठमाडौ, माघ २२ : एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका नेपाली नेपाल क्रिकेट संघ ९क्यान०ले प्रारम्भिक टिमको...
ओमान र अमेरिकासँगको सिरिजको प्रारम्भिक टिम घोषणा

काठमाडौ, माघ २२ : एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको दोस्रो त्रिकोणात्मक सिरिजका नेपाली नेपाल क्रिकेट संघ ९क्यान०ले प्रारम्भिक टिमको घोषणा गरेको छ । आगामी मार्चमा हुने ओमान र अमेरिकासँगको त्रिकोणात्मक सिरिजका क्यानले ३२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । 

ओमानमा हुने सिरिजका क्यानले बिहीबार लागि ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । क्यानले घोषणा गरेको टिममा अलराउन्डर पृथु बास्कोटाले ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका थिए । उनी २०१५ जुलाई पछि पहिलो राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका हुन् । उनी प्रधानमन्त्री कपका उत्कृउष्ट ब्याट्सम्यान हुन् ।

पृथुसँगै प्रधानमन्त्री कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरुलाई पनि क्यानले बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा अलराउण्डर विवेक यादव, अर्जुन कुमाल, अनुज चुनारा छन् । यस्तै, कृष्ण कार्की, सौरभ खनाल, शाहब आलम र आशिफ शेखले टिममा पुनरागमन गरेका छन् ।

दोस्रो सिरिजका लागि नेपालले माघ २४ गतेबाट प्रशिक्षण थाल्ने जनाएको छ । पहिलो चरणको प्रशिक्षणमा क्यानले २१ खेलाडीलाई बोलाएको छ । बाँकी ११ खेलाडी भने दोस्रो चरणबाट सहभागी हुने क्यानले जनाएको छ । ती ११ खेलाडीमा शरद भेषवाकर, अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्‍ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र कप्तान ज्ञानेन्द्र मल्ल रहेका छन् । 

लिगअन्तर्गत नेपालले पहिलो सिरिजन घरेलु मैदानमा ओमान र अमेरिकासँगै खेलेको थियो ।  जसमा नेपालले ४ खेलमा २ जितसहित ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

पहिलो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने २१ खेलाडी   

पृथु बास्कोटा, सौरभ खनाल, विक्रम सोव, राजेश पुलामी, रोहित पौडेल, सुशान भारी, साहब आलम, सन्दीप जोरा, कमल सिंह ऐरी, आसिफ शेख, सुनिल धमला, कुशल भुर्तेल, ललित राजवंशी, हरि शंकर साह, विवेक यादव, राम नरेश गिरी, अर्जुन कुमाल, कृष्ण कार्की, खडक बहादुर बोहरा, अनुज चुनारा र पवन सर्राफ 

दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी हुने ११ खेलाडी 

 शरद भेषवाकर,अविनाश बोहरा, आरिफ शेख, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कुशल मल्‍ल, करण केसी, सन्दीप लामिछाने, विनोद भण्डारी, पारस खड्का र ज्ञानेन्द्र मल्ल 

प्रकाशित मिति: २१:२३ बजे, बिहीबार, माघ २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्