Kathmandu Press

२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : मन्त्री रायमाझी

पर्वत, माघ २२ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टाेपबहादुर  रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको...
२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : मन्त्री रायमाझी

पर्वत, माघ २२ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टाेपबहादुर  रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताएका छन्। 

कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको आज उद्घाटन समारोहमा बोल्दै मन्त्री रायमाझीले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको बताउँदै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए।

उनले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हुँदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताए। उनले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताए। उनले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताए।

अर्को प्रसङ्गमा नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री रायमाझीले  बहुमतप्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएर सडकमा जानु विडम्वनापूर्ण भएको बताउँदै मुलुकको हित र रक्षाका लागि ताजा जनादेशमार्फत अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल, तत्कालीन संविधानसभा सदस्य कल्पना चापागाईँ, पूर्वसांसद पदम गिरी, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलगायतले सम्बोधन गरेका थिए।  

सो अवसरमा प्राधिकरणका कामु कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुश्मा–दाना सबस्टेशन र प्रसारण लाइन आयोजनाका बारेमा जानकारी गराएका थिए। विसं २०७३ जेठ १७ गते शुरु भएको योजना गत जेठ १८ मा सम्पन्न हुनुपर्नेमा केही ढिलाइ भएको छ। आयोजनाको अझै तीन प्रतिशत काम सम्पन्न गर्न बाँकी छ। कालीगण्डकी प्रसारण करिडोर आयोजना निर्माणका लागि जेभी अफ टाटा प्रोजेक्ट एण्ड चिन्ट इलेक्ट्रिक कम्पनीले जिम्मा पाएको थियो। 

(यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टाेपबहादुर  रायमाझी हुनुपर्नेमा वर्षमान पुन भएकाे र उहाँकाे फाेटाेसमेत परेकाेमा क्षमाप्रार्थी छाैं । – सम्पादक)

प्रकाशित मिति: १६:०१ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्