Kathmandu Press

दाहाल–नेपालका १४८ भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार

नेपाल प्रहरीले काठमाडौं, तनहुँ, वीरगन्ज, सिराहा, बारालगायतका स्थानबाट नेकपा (दाहाल–नेपाल) का १४८ भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ।
दाहाल–नेपालका १४८ भन्दा बढी नेता कार्यकर्ता गिरफ्तार

काठमाडौं, माघ २२ : देशव्यापी आमहडताल सफल पार्न सडकमा उत्रिएका नेकपा (दाहाल–नेपाल)का १ सय ४८ भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरिएको छ ।  नेपाल प्रहरीले काठमाडौं, तनहुँ, वीरगन्ज, सिराहा, बारालगायतका स्थानबाट नेकपा (दाहाल–नेपाल) का १४८ भन्दा बढी नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको हो ।

नेकपा (दाहाल–नेपाल) का केन्द्रीय सदस्य विष्णु रिजालले फेसबुकमार्फत सो संख्यामा नेता तथा कार्यकर्ता गिरफ्तार भएको जनाए । 

कलंकीबाट स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य, केन्द्रीय सदस्य डा. विजय पौडेल,  हितमान शाक्य, अमृता थापालगायत नेता तथा कार्यकर्तालाई आज बिहानै गिरफ्तार गरिएको छ ।

त्यस्तै चावहिलबाट केन्द्रीय सदस्य कृष्ण केसी, बागबजारबाट युवा नेता रमेश मल्लसहित काठमाडौंका विभिन्न स्थानबाट ७२ जना नेता कार्यकर्ता गिरफ्तार भएका छन् । रिजालका अनुसार तनहुँमा १६ जना नेता तथा कार्यकर्ता गिरफ्तार भएका छन् ।

जनकपुरमा नेकपा (दाहाल–नेपाल)को जुलसमाथि पछाडिबाट प्रहरीले फायरिङ गरेकाे रिजालले जानकारी दिए । उनका अनुसार जनकपुरबाट १२ जना गिरफ्तार भएका छन् ।

त्यस्तै, वीरगन्जबाट ३५ जना नेता कार्यकर्ता गिरफ्तार भएका छन् । रिजालले सिराहाबाट विवेक परियार, विराट मण्डललगायत नेता कार्यकर्ता गिरफ्तार भएको बताए । 

बाराबाट ६, विराटनगरबाट ७ र कास्कीबाट एक जना गिरफ्तार भएको रिजालको भनाइ छ ।

प्रकाशित मिति: १५:४५ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्