प्रहरीसँगको झडपमा नेकपा केन्द्रीय कमिटी सदस्य झा गम्भीर घाइते
जनकपुरमा प्रहरी र नेकपा (दाहाल–नेपाल पक्ष)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा गम्भीर घाइते भएका छन् ।काठमाडौं, माघ २२ : जनकपुरमा प्रहरी र नेकपा (दाहाल–नेपाल पक्ष)का कार्यकर्ताबीच झडप भएको छ । झडपमा नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झा गम्भीर घाइते भएका छन् ।
नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले ट्विटरमा लेखेका छन्, ‘जनकपुरमा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ ।’
उनका अनुसार प्रहरीले जुलुसको पछाडिबाट ५०औं राउन्ड गोली चलाएको छ ।
जनकपुरमा प्रहरीले नेकपा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झामाथि आक्रमण गरी गम्भीर घाइते बनाएको छ । प्रहरीले त्यहॉ जुलुशको पछाडिबाट ५० औं राउन्ड गोली चलाएको छ ।
— Bishnu Rijal (@bishnurijal1) February 4, 2021
प्रकाशित मिति: १४:०४ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












