ओलीले आफूलाई निरंकुश शासकको रुपमा प्रस्तुत गरे : नेपाल
काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निरंकुश साशकको रुपमा प्रस्तुत...
काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई निरंकुश साशकको रुपमा प्रस्तुत गरेको बताएका छन्।
हड्तालको अनुगमनमा निस्किएका अध्यक्ष नेपालले प्रधानमन्त्रीले संविधानलाई कुल्चिएकाले जनतालाई सचेत गराउन बन्द गर्नु परेको बताएका हु्न।
‘संविधानलाई कुच्लिएकाले प्रतिवाद स्वरुप आम जनतालाई समयमै सचेत गराउन बन्द गर्नु परेको हो,’ उनले भने, ‘यसले जनतालाई दुःख कष्ट भएको छ, यसमा हामी क्षमा माग्न चाहन्छौं।’
बुधबार भएको संवैधानिक निकायहरुको नियुक्तिको विरोध गर्दै प्रचण्ड–नेपाल समूहले आज देशभर आम हड्ताल आह्वान गरेको छ।
प्रकाशित मिति: १३:०५ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
