चोरी भएका जंगली जनावरको अंग भेटिए
गण्डकी, माघ २२ : वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जंगली जनावरका विभिन्न अंग प्रहरीले बरामद गरेको छ।क्याम्पसको प्रयोगशालाबाट यही माघ ९...गण्डकी, माघ २२ : वन विज्ञान अध्ययन संस्थाको प्रयोगशालाबाट चोरी भएका जंगली जनावरका विभिन्न अंग प्रहरीले बरामद गरेको छ।
क्याम्पसको प्रयोगशालाबाट यही माघ ९ गते राति चोरी भएका चितुवाको छाला, दाँत, हाड, एक जोडी चिलतको सिङ र अन्य हाड अखेटोपहार प्रहरीले बरामद गरेको हो। अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१५ वनपाले जङ्गलको पँधेरोस्थित बोरा र झोलामा बेवारिसे अवस्थामा उक्त जङ्गली जनावरको अखेटोपहार बरामद गरेको हो। चोरीमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ११:३६ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गण्डकी मल्टिपल क्याम्पसमा कानुनी सचेतना प्रदान कार्यक्रम आइतबार, मंसिर ९, २०८१
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्नेमा मुख्यमन्त्रीको जोडशनिबार, मंसिर ८, २०८१
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१