Kathmandu Press

गृहको निर्णयविपरित कोटेश्वर जडिबुटी सडक खण्डमा प्रहरीकै अवरोध

काठमाडौं, माघ २२ : प्रहरीले कोटेश्वर जडिबुटी सडकखण्ड अवरूद्ध गरेको छ। कोटेश्वर चोकमा बन्दकर्ताहरूले नाराबाजी गरिरहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेर...
गृहको निर्णयविपरित कोटेश्वर जडिबुटी सडक खण्डमा प्रहरीकै अवरोध

काठमाडौं, माघ २२ : प्रहरीले कोटेश्वर जडिबुटी सडकखण्ड अवरूद्ध गरेको छ। कोटेश्वर चोकमा बन्दकर्ताहरूले नाराबाजी गरिरहेको भन्दै प्रहरीले जडिबुटी र कोटेश्वरमा अवरोधक राखेर आवागमन निषेध गराएको छ। 

प्रहरीले ती स्थानमा सर्वसाधारण, अत्यावश्यक सेवाका सवारीसाधन र पत्रकारलाई पनि रोक लगाइ भित्री बाटोबाट ‘डाइभर्ट’ गराएको छ।

बुधबार गृह मन्त्रालयले बन्दका क्रममा नागरिकमा शान्ति सुरक्षा प्रदान गरिने बताएपनि गृहको निर्णयविपरीत प्रहरीले सडकमा सर्वसाधारणलाई अवरोध गरेका छन्। 

भक्तपुर र ललितपुरमा भने आवागमनमा अवरोध गरिएको छैन।

प्रकाशित मिति: १०:५० बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्