सडकमा अवरोध सृजना गर्ने ७७ जना प्रहरी नियन्त्रणमा
काठमाडौं, माघ २२ : प्रचण्ड-नेपाल समूहले आन आव्हान गरेको बन्दको समयमा बाहिर हिड्न अवरोध गर्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ। आमहड्ताल भन्दै सडकमा...
काठमाडौं, माघ २२ : प्रचण्ड-नेपाल समूहले आज आव्हान गरेको बन्दको समयमा बाहिर हिड्न अवरोध गर्ने ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
आमहड्ताल भन्दै सडकमा निस्किएका प्रचण्ड-नेपाल समूहका ७७ जना नेता, कार्यकर्ता पक्राउ परेका हुन्।
बाहिर हिडेका मानिसलाई डर, धम्की देखाउने र जबरजस्ती रोक्ने कार्य गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ७६ र भक्तपुरबाट एक जनालाईपक्राउ गरेको प्रहरीले जनाएको छ।
बुधबार गृह मन्त्रालयले जारी गरेको सूचनाको आधारमा प्रहरीले जुनसुकै किसिमको अवरोध वा तोडफोड गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन निर्देशन दिएको छ। सोही अनुरुप बिहानैदेखि प्रहरी सादा पोसाकमा सडकमा खटिएका छन्।
प्रकाशित मिति: १०:३८ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
