Kathmandu Press

सरकारले संविधान मिच्ने काम गर्यो : प्रचण्ड

काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संविधान मिच्ने काम गरेको बताएका छन्। बिहीबार प्रचण्ड नेपाल समूहले आव्हान...
सरकारले संविधान मिच्ने काम गर्यो : प्रचण्ड

काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकारले संविधान मिच्ने काम गरेको बताएका छन्। 

बिहीबार प्रचण्ड-नेपाल समूहले आव्हान गरेको आम हडतालको क्रममा सातदोवाटो पुगेका प्रचण्डले आफूहरु लोकतन्त्रको रक्षाको लागि आन्दोलनमा उत्रिएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ‌ओलीको कदमविरुद्ध अझ सशक्त भएर आन्दोृलन गर्ने बताएका हुन्।

‘लोकतन्त्रमाथि प्रहार भएको छ। त्यसका लागि सबै उक्त कदमको विरुद्धमा उत्रिएका छन्।’ उनले भने, ‘जसरी असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरिएको छ त्यसको विरुद्धमा हाम्रो आन्दोलन हो।’

उनले आजको आन्दोलन केपी र प्रचण्डबीचको जुहारी नभई गणतन्त्र र गणतन्त्रविरोधीको लडाइँ भएको बताएका छन्। 

उनले आन्दोलनलाई अझ सशक्त बनाउँदै अझ ठूला आन्दोलन गर्ने तयारीमा रहेको बताए। उनले भने,‘२८ गते विशाल प्रदर्शन गर्नेछौं। फागुनको पहिलो हप्ताबाट जनआन्दोलन हुन्छ। ठूलो जनआन्दोलन हुन्छ। त्यसले सबै लोकतन्त्रविरोधीहरुलाई बढार्छ।’

प्रकाशित मिति: १०:२९ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्