Kathmandu Press

सरकारले द्वन्द निम्त्याउन खोज्यो : नारायण काजी श्रेष्ठ

काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सरकारले द्वन्द निम्त्याउन खोजेको प्रतिक्रिया दिएका छन्। प्रचण्ड-नेपाल समूहद्वारा...
सरकारले द्वन्द निम्त्याउन खोज्यो : नारायण काजी श्रेष्ठ

काठमाडौं, माघ २२ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समूहको संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सरकारले द्वन्द निम्त्याउन खोजेको प्रतिक्रिया दिएका छन्। 

प्रचण्ड-नेपाल समूहद्वारा आज जारी आम हड्तालको लागि रत्नपार्क पुगेृका संयोजक श्रेष्ठले शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतार गरेर सरकारले द्वन्द निम्त्याउन खोजेको बताएका हुन्। 

‘शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन आएका धेरै साथीहरुलाई गिरफरतारी गरिएको छ, यसो नगर्नु पथ्र्यो, उनले भने, ‘सरकारले द्वन्द्व तिम्त्याउछ र यसबाट निम्तने परिणामको जवाफदेही सरकार नै हुनुपर्छ।’

बुधबार सरकारले संवैधानिक निकायहरुमा गरेको नियुक्तिको विरोध गर्दै प्रचण्ड-नेपाल समूहले आज देशभर आम हड्ताल आहृवान गरेको छ।

प्रकाशित मिति: १०:२० बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्