खुल्यो अधिकृत क्याडेट, खाने हैन् त जागिर ?
काठमाडौं, माघ २२ : नेपाली सेनाले अधिकृत क्याडेटमा नयाँ भर्ना खुलाएका छ ।नेपाली सेनाभित्र आकर्षण मानिने अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ मा २ सय...
काठमाडौं, माघ २२ : नेपाली सेनाले अधिकृत क्याडेटमा नयाँ भर्ना खुलाएका छ ।
नेपाली सेनाभित्र आकर्षण मानिने अधिकृत क्याडेट ‘सेकेन्ड लेफ्टेनेन्ट’ मा २ सय पदका लागि आवेदन खुला गरिएको हो । भर्ना छनौंट निर्देशनालय, कार्यरथी बिभाग जंगी अड्डाले आज एक सुचना जारी गर्दै भर्ना खुलाएको हो ।
योग्यता र उमेर पुगेका नेपाली नागरिकले आज (माघ २२ ) देखि फागुन ११ गतेसम्म तोकिएमा स्थानबाट वा अनलाइन दरखास्त दिन सक्नेछन् । दरखास्त दिनका लागि रु एक हजार राजस्व तोकिएको छ ।
सेनाले खुलातर्फ १ सय ५ पदमा बिज्ञापन खुलाएको छ भने समावेशी तर्फ १८ महिला, २९ आदिवासी जनजाती, २५ मधेशी, १४ दलित, ५ अमर सैनिक सन्तती र ४ पद पिछडिएको क्षेत्रमा गरी ९५ पदमा भर्ना आह्वान गरेको छ ।

प्रकाशित मिति: ०८:४४ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
