नेकपा नेतृ अष्टलक्ष्मी शाक्यसहित ६० जना नेता कार्यकर्ता पक्राउ
काठमाडौं, माघ २२ : आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा दाहाल नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ उपत्यकाका...
काठमाडौं, माघ २२ : आमहड्तालको उल्लंघन गरेको भन्दै यातायात अवरूद्ध पार्न निस्किएका नेकपा दाहाल नेपाल समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नेतृ अष्टलक्ष्मी शाक्यसहित करिब ६० जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नेतृ शाक्य कलंकी क्षेत्रबाट पक्राउ परेको नेकपा नेता विष्णु रिजालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
कंलकी क्षेत्रबाटै नेता राजेन्द्र पाण्डेसहितका नेता कार्यकर्ता पनि पक्राउ परेका छन् ।
प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
