‘आमहड्ताल पद नपाएको कुण्ठा’
काठमाडौं, माघ २२ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको आमहड्तालाई ‘पद नपाएको कुण्ठा’ भन्दै कटाक्ष गरेका छन् ।सत्तारुढ नेकपाकै एउटा समूह प्रचण्ड–माधव...
काठमाडौं, माघ २२ : प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आजको आमहड्तालाई ‘पद नपाएको कुण्ठा’ भन्दै कटाक्ष गरेका छन् ।
सत्तारुढ नेकपाकै एउटा समूह प्रचण्ड–माधव पक्षले बिहीबार आह्वान गरेको आम हड्ताललाई कटाक्ष गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बुधबार राति थापाले सामाजिक सञ्जालमा प्रचण्ड–माधव पक्षले गर्ने आम हड्ताल सुन्दा हास हाँसो थाम्न गाह्रो भएको भन्दै उनले लेखेका छन्, – माझण्ड (माधव–झलनाथ–प्रचण्ड) गुटले संबैधानिक निकायहरूमा खल्तीका मान्छे हाल्न नपाएर आमहडताल गर्ने भन्दा हाँसो थाम्न गार्हो पर्यो न बा–हड्लाल, न आमा–हड्ताल, पद नपाएको कुण्ठा।
साथै माधव–झलनाथ–प्रचण्ड पक्षलाई माझण्ड भनेर नामकरण समेत गरेका छन् ।
प्रकाशित मिति: ०७:५३ बजे, बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
