Kathmandu Press

इपिएल : म्यानचेस्टरले बर्नलीलाई हरायो, लिभरपुल पराजित 

काठमाडौं, माघ २२ : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको छ।घरेलु मैदानमा बर्नलीले आफ्ना गोलरक्षक निक...
इपिएल : म्यानचेस्टरले बर्नलीलाई हरायो, लिभरपुल पराजित 

काठमाडौं, माघ २२ : इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले पराजित गरेको छ।

घरेलु मैदानमा बर्नलीले आफ्ना गोलरक्षक निक पोपको कमजोरीका कारण तेस्रो मिनेटमै गोल खान पुगेको हो। गाव्रियल जेससले पहिलो गोल गरे। सिटीले नियन्त्रणमा राखेको खेलको ३८ औं मिनेटमा रहिम स्टर्लिङले दोस्रो गोल गरे।

जितपछि २१ खेलबाट सिटीको ४७ अंक भएको छ। ४४ अंक रहेको म्यान्चेष्टर युनाइटेडले १ खेल बढी खेलेको छ। रेलिगेसन क्षेत्रबाट ७ अंक टाढा रहेको बर्नलीले २१ खेलबाट २२ अंक जोडेको छ। सिटीको यो लगातार १३ औं जित हो। 

गएराति नै भएको अर्को खेलमा साविक विजेता लिभरपुलले ब्राइटनसँग १–० गोलको हार ब्यहोरेको छ। लिभरपुलले आफ्नै मैदान एनफिल्डमा ५६ औं मिनेटमा गोल खाएको हो। ब्राइटनका लागि अल्जाटेले निर्णायक गोल गरे। लिभरपुल अंकतालिकामा शीर्ष स्थानको सिटीभन्दा ७ अंकले पछाडि छ। उसको ४० अंक रहेको छ। 

गएराति नै भएका अन्य खेलमा एस्टन भिल्ला वेष्टह्यामसँग ३ १ गोल अन्तरले पराजित भयो। यस्तै एभर्टनले लिड्सलाई २ १ ले हराउँदा लिसेस्टर सिटीले फुलह्यामलाई २ ० ले पराजित गर्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। 

प्रकाशित मिति: ०७:४२ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्