Kathmandu Press

प्रचण्ड–नेपाल समूहको आम हड्ताल, सरकार भन्छ, ‘अवज्ञा गर्नुस् सुरक्षा दिन्छौं ’

काठमाडौं, माघ २२ : संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा...
प्रचण्ड–नेपाल समूहको आम हड्ताल, सरकार भन्छ, ‘अवज्ञा गर्नुस् सुरक्षा दिन्छौं ’

काठमाडौं, माघ २२ : संवैधानिक निकायमा सरकारले प्रक्रिया मिचेर एकतर्फी रुपमा नियुक्ती गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले विरोधमा आज देशव्यापी आम हड्तालको घोषणा गरेको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार पत्रकार सम्मेलन गरेर प्रचण्ड नेपाल समूहले यातायात, उद्योग कलकारखाना, शैक्षिक संस्थालगायत सबै क्षेत्र बन्द गर्ने घोषणा गरेको थियो ।

प्रतिनिधि सभा विघटनको विरुद्ध आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले आकस्मिक रुपमा आम हड्ताल घोषणा गरेको हो। देशभर बन्दको आशिंक प्रभाव परेको छ । सडकमा सुरक्षाकर्मी खटाईएको छ भने सकेसम्म बन्द कर्तालाई बाहिर निस्कन दिईएको छैन् । 

यसैबीच, आमहड्तालको घोषणा भएसँगै सरकारले बिहीबार सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा, व्यवसाय सञ्‍चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।  

संवैधानिक निकायमा संसदीय सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले आम हड्तालको घोषणा गरेपछि गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराएको हो।  

आन्दोलनका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्ने गृहको चेतावनी दिएको छ।

प्रकाशित मिति: ०७:१५ बजे, बिहीबार, माघ २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्