Kathmandu Press

'छलफलवाला मान्छेले पार्टी छाडेपछि आयोगले पूर्णता पायो'

ओलीले माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसाल छलफलवाला मानिस भएकाे टिप्पणी गरे ।  उनले भने, ‘उनीहरु पार्टी छोडेर पाटीमा गएपछि आयोगले पूर्णता पाएको छ।’
'छलफलवाला मान्छेले पार्टी छाडेपछि आयोगले पूर्णता पायो'

काठमाडौं, माघ २१ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले छलफलवाला मानिसका कारण आयोगहरुले पूर्णता नपाएको आरोप लगाएका छन् । उनले नेपाल भूमिहीन सुकुम्बासी संगठन केन्द्रीय कमिटीको राष्ट्रिय भेलामा सम्बोधन गर्दै  पार्टीकै केही मानिसले हरेक विषयमा छलफल हुनुपर्ने भन्दै अनावश्यक दुःख दिएकाले आयोगहरुले पूर्णता नपाएको आरोप लगाएका हुन् ।

ओलीले माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसाल छलफलवाला मानिस भएकाे टिप्पणी गरे ।  उनले भने, ‘उनीहरुले पार्टी छोडेर पाटीमा गएपछि आयोगले पूर्णता पाएको छ ।’

हरेक विषयमा दिक्दारी हुने गरी छलफल गर्नुपर्ने भन्दै हैरान पारेको बताए । उनले भने, ‘छलफल गर्नुपर्‍यो भन्या छ, छलफल गर्नुपर्‍याे  भन्या छ । जे गरे पछि छलफल हुनुपर्छ भन्ने ।’

उनले नेपालमा छलफलवाला मानिस तीन जना भेटेको बताए । उनले भने, ‘छलफलवाला तीन जना मान्छे नेपालमा भेटेँ, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ र घनश्याम भुसाल । जहिले जेमा पनि छलफल हुनुपर्छ भन्ने । सुकुमबासी आयोग बनाऔँ भन्यो छलफल गर्नुपर्छ । आयोग बनाइयो । किन बनाइयो ? छलफल हुनुपर्छ । अब यसलाई पूर्णता दिऔँ । छलफल हुनुपर्छ ।  काममा मान्छे खटाऔँ । होइन छलफल हुनुपर्छ ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीले  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग,  राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोगलगायत ११ संवैधानिक निकायमा पदाधिकारी नियक्त गरेकी छन्। सोही सन्दर्भलाई संकेत गर्दै उनले भने, ‘आयोगले पूर्णता पाएको छ अब काम अगि बढेको छ । काम बढ्छ ।’

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्