Kathmandu Press

रुसमा विपक्षी नेता नाभाल्नीका १४ सयभन्दा बढी समर्थक पक्राउ

विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीले पक्राउ गरेका छन् ।
रुसमा विपक्षी नेता नाभाल्नीका १४ सयभन्दा बढी समर्थक पक्राउ

मस्को, माघ २१ :   विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोघ प्रदर्शन गर्ने १४ सयभन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ । 

ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रहसमेत गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।
     
मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ ।

Hardik ivf

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो गत अगस्टमा घातक विष हालेर खुवाइएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनले जर्मनीमा उपचार भएको थियो ।     
     
नाभाल्नीको समर्थनमा बुधवारको बिहान सवेरै रुसी शहरहरुमा जुलुस निकालेका १४ सय ८ जना पक्राउ परेका थिए । ती व्यक्तिहरु प्रायः जसो मस्को र सेन्ट पिटर्सवर्गका रहेका नागरिक अनुगमन समूह ओभीडी–इन्फोले जनाइएको छ । प्रायः लाई नाभाल्नीको सजायअघि पक्राउ गरिएको थियो ।     

पछिल्ला दुई सातादेखि नाभाल्नीको गिरफ्तारीको विरुद्ध हजारौं देशव्यापी प्रदर्शनमा सामेल भएपछि नाभाल्नीका समर्थकहरूले यस निर्णयको विरोधमा अझ बढी प्रदर्शनको आह्वान गरेका थिए ।   

प्रकाशित मिति: १८:०१ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्