सवारी चोरी गरेको अभियोगमा दुई जना पक्राउ
सवारी साधन चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । साे अभियाेगमा विराटनगर महानगरपालिका–८ का वीरेन्द्र मुखिया र वडा नम्बर १२ सैनिक टोलका शंकर यादव पक्राउ परेका हुन् ।
मोरङ, माघ २१ : सवारी साधन चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । साे अभियाेगमा विराटनगर महानगरपालिका–८ का वीरेन्द्र मुखिया र वडा नम्बर १२ सैनिक टोलका शंकर यादव पक्राउ परेका हुन् ।
को२८प १२४४ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा मुखिया मंगलबार राति पक्राउ परे । को६प ३८३७ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा यादव सोमबार साँझ प्रहरी परेका हुन् ।
प्रकाशित मिति: १७:३८ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












