प्रतिनिधिसभा विघटनको मुद्दा बिहीबारका लागि 'हेर्दाहेर्दैमा'
दाहाल–नेपाल पक्षले भोलि देशव्यापी आमहडताल आह्वान गरेको छ । यस आमहडताल प्रतिनिधिसभा विघटनको मुद्दामाथि सुनावाइ नरोकिने बताइएको छ ।
काठमाडौं, माघ २१ : प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । साे मुद्दामा बहस नसकिएपछि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट सुशील पन्त र नायब महान्याधिवक्ता पदमप्रसाद पाण्डेल बहस गरे । पाण्डेको बहस आज नसकिएकाले बिहीबार पनि उनले नै बहस गर्नेछन् । सोमबारदेखि सरकार पक्षका वकिलले बहस सुरु गरेका हुन् ।
दाहाल–नेपाल पक्षले भोलि गर्ने देशव्यापी आमहडतालले प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथिकाे सुनावाइ नरोकिने बताइएको छ ।
प्रकाशित मिति: १७:२१ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
