Kathmandu Press

काठमाडौं उपत्यकामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २१ : काठमाडौं उपत्यकामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ३, ललितपुरमा ८...
काठमाडौं उपत्यकामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ २१ : काठमाडौं उपत्यकामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार संक्रमितमध्ये भक्तपुरमा ३, ललितपुरमा ८ र काठमाडौंमा ४४ जना रहेका छन्। 

तीन हजार ५९७ नमुना परीक्षण हुँदा बुधबार देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ। 

त्यस्तै, यो अवधिमा २०६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ। 

नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:३३ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्