थप १४२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, माघ २१ : नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीन हजार ५९७ नमुना परीक्षण हुँदा बुधबार देशभर थप १४२ जनामा...
काठमाडौं, माघ २१ : नेपालमा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीन हजार ५९७ नमुना परीक्षण हुँदा बुधबार देशभर थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ।
त्यस्तै, यो अवधिमा २०६ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कोरोनामुक्त हुनेको दर ९८.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३१ बजे, बुधबार, माघ २१, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
