Kathmandu Press

संघीयता सिद्ध्याउन  सरकारले पूर्वलडाकु र बहिर्गमित सेना खरिद बिक्री गरेको दाहालको आरोप 

उनले भने,  ‘तपाईं कुन स्तरको कमान्डर हो ? तपाईं कति मानिस लिएर आउन सक्नुहुन्छ ? त्यसअनुसारको कोटा हुन्छ । चार हजार नै उठाएर लानुभयो भने एक–दुई करोड । त्यस्तो पो छ त अहिले छ ।’
संघीयता सिद्ध्याउन  सरकारले पूर्वलडाकु र बहिर्गमित सेना खरिद बिक्री गरेको दाहालको आरोप 

काठमाडौं, माघ २१ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले  सरकार माओवादीका पूर्वलडाकु तथा बहिर्गमित सेनालाई खरिद बिक्री गरेर संघीयता सिद्ध्याउन लागिपरेको दाबी गरेका छन् । दाहालले  बहिर्गमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै सरकार पूर्वलडाकु तथा बहिर्गमित सेनालाई खरिद बिक्री गरेर संघीयता र जनयुद्ध सिद्ध्याउन लागिपरेको दाबी गरेका हुन् ।

दाहालले सरकार पक्षबाट बहिर्गमित सेना तथा पूर्वलडाकुको स्तरअनुसार मूल्य तोकिएको बताए । उनले भने,  ‘तपाईं कुन स्तरको कमान्डर हो ? तपाईं कति मानिस लिएर आउन सक्नुहुन्छ ? त्यसअनुसारको कोटा हुन्छ । चार हजार नै उठाएर लानुभयो भने एक–दुई करोड । त्यस्तो पो छ त अहिले छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले मायाले सशस्त्र युद्धका घाइते, बहिर्गमित सेना र पूर्वलडाकुसँग  भेटघाट नगरेको दाहालको दाबी छ । उनले सरकारको नक्कली मायाजालमा नपर्नसमेत आग्रह गरेका छन् ।

उनले भने, ‘तपाईंहरुले ठान्नुभाको छ, माया गरेर हामीलाई सहयोग गर्न खोज्दै छन् ।  उनीहरुले हामीलाई भेडाबाख्रा जसरी बिक्री गरेर सिद्ध्याउने हो । तपाईंलाई १० लाख, २० लाख तिरेर किन खरिद गर्ने ? तपाईंलाई अलि मोटो बनाएर काट्ने र मासु खान लाने हो । माया गरेर सम्मान गर्न लाने हो र ?’   

उनले बहिर्गमित जनमुक्ति सेनाको हितमा काम गरिरहेको बताए । चाहँदा चाहँदै पनि बहिर्गमित जनमुक्ति सेनालाई सहयोग गर्न नसकेकामा उनले दुखेसो गरे । उनले भने, ‘हामीले सम्मान नगर्ने ? हामीले माया नगर्ने  ? उनीहरुले गर्छन् त ? त्यो होइन । हिजो पनि हाम्रो मूल्य तोकेका थिए, अहिले पनि तोकिरहेकै छन् ।’ 

प्रकाशित मिति: १५:४४ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्