Kathmandu Press

रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न अनेमसंघको माग

काठमाडौं, माघ २१ : नेपाल कम्युनिट पार्टी (नेकपा)को ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग...
रामकुमारी झाँक्रीलाई पक्राउ गरी कारबाही गर्न अनेमसंघको माग

काठमाडौं, माघ २१ : नेपाल कम्युनिट पार्टी (नेकपा)को ओली समूहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले विघटित प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीलाई कारबाही गर्न माग गरेको छ। 

बुधबार गृहमन्त्री रामबहादुर थापालाई ज्ञापन पत्र बुझाउँदै अनेमसंघले प्रचण्ड–नेपाल समूहकी नेतृ झाँक्रीलाई पक्राउ गर्न माग गरेको हो। 

गोरखाको सिरानचोक गाउँपालिकाको एक कार्यक्रममा झाँक्रीले माघ १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीको चारित्रिक हत्या गरेको भन्दै कारबाहीको माग गरेको हो। 

झाँक्रीले राष्ट्रपति भण्डारीको चारित्रिक हत्या गर्दै विभिन्न लाञ्छना, गाली बेइज्जति गरी व्यक्तिगत, पारिवारिक तथा राष्ट्रपतिकै इज्जतमा समेत धक्का पुर्‍याउने नियतले आपत्तिजनक र अपमान जनक शब्दहरु प्रयोग गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। 

गृहमन्त्री थापाले ज्ञापन पत्र बुझ्दै राष्ट्रपतिमाथि अशोभनिय आरोप लगाउनेलाई कडा कारबाही गरिने बताएका छन्। 

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्