Kathmandu Press

कोरोना नियन्त्रणको लागि ३.३ करोड पाउन्ड रकम संकलन गर्ने क्याप्टेनको मृत्यु

कोरोना नियन्त्रणको लागि ३.३ करोड पाउन्ड रकम संकलन गर्ने क्याप्टेनको मृत्यु

काठमाडौं, माघ २१ : कोरोना भाइरसको संक्रमणबाट एक सय वर्षीय क्याप्टेन सर टम मुरको मृत्यु भएको छ। 

श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएका टमको उपचारको क्रममा मृत्यु भएको हो। 

केही साता अघि नियोनियाको लक्षण देखिएका टमलाई बेडफोर्ड अस्पताल भर्ना गरिएको थियो। तर उनलाई गत साता कोरोना संक्रमण पुष्टि भएको थियो। 

सैन्य सेवाबाट अवकाश पाइसकेका टमले कोभिड नियन्त्रणका लागि बेलायतको सरकारी अस्पताल एनएचएसका लागि ३.३ करोड पाउन्ड जम्मा गरेका थिए। 

ठूलो रकम कोरोना नियन्त्रण कोष जुटाएपछि बेलायती महारानीले उनलाई नाइट उपाधिबाट सम्मान गरेकी थिइन्। 

प्रकाशित मिति: १३:२५ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्