Kathmandu Press

अख्तियारमा नवनियुक्त प्रमुख आयुक्त राईले सम्हाले कार्यभार

काठमाडौं, माघ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।राष्ट्रपति कार्यालय, शितलनिवासमा बुधबार बिहान सपथ ग्रहणपछि...
अख्तियारमा नवनियुक्त प्रमुख आयुक्त राईले सम्हाले कार्यभार

काठमाडौं, माघ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा बुधबार बिहान सपथ ग्रहणपछि उनले कार्यभार सम्हालेका हुन्।

सपथ ग्रहणपछि राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि टंगालस्थित कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।

कार्यालय पुग्दा अख्तियारका कर्मचारीहरुले उनीहरुलाई स्वागत गरेका थिए।

प्रकाशित मिति: १३:१० बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्