Kathmandu Press

बिहीबार आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहको घोषणा

काठमाडौं, माघ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ। संवैधानिक परिषदमा जबर्जस्ती पदाधिकारीको नियुक्ति गरेको भन्दै उक्त...
बिहीबार आम हड्ताल गर्ने प्रचण्ड-नेपाल समूहको घोषणा

काठमाडौं, माघ २१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ। 

संवैधानिक परिषदमा जबर्जस्ती पदाधिकारीको नियुक्ति गरेको भन्दै उक्त समूहले आम हड्ताल गर्ने घोषणा गरेको हो। 

पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै उक्त समूहले थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ। 

संवैधानिक परिषदले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूले संसदीय सुनुवाइ बिनै आज सपथ लिएका छन्।

प्रकाशित मिति: १२:५७ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्