Kathmandu Press

संवैधानिक पदाधिकारीको सपथ ग्रहण उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं, माघ २१ : संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन्।कानूनी र राजनीतिक विवादका बीच भएको संवैधािनक पदाधिकारीहरुको...
संवैधानिक पदाधिकारीको सपथ ग्रहण उपराष्ट्रपति र सभामुखद्वारा बहिस्कार

काठमाडौं, माघ २१ : संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन्।

कानूनी र राजनीतिक विवादका बीच भएको संवैधािनक पदाधिकारीहरुको नियुक्ति उपराष्ट्रपति नन्दबहादुर पुन र विघठित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटाले बहिस्कार गरेका हुन्।

बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा आयोजित शपथ ग्रहण समारोहमा उनीहरुको उपस्थिती रहेको थिएन। 

सभामुख अग्निप्रसाद सापकोटाले आइतबार नै सरकारको गरेको नियुक्ति सिफारिस फिर्ता पठाइदिएका थिए। 

प्रकाशित मिति: १२:०२ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्