Kathmandu Press

जसपाका नेता यादव नेकपा प्रवेश

काठमाडौं, माघ २१ : जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्। मंगलबार यादवले प्रधानमन्त्री केपी...
जसपाका नेता यादव नेकपा प्रवेश

काठमाडौं, माघ २१ : जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वसांसद शिवजी यादव नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन्। 

मंगलबार यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका हुन्। उनलाई प्रधानमन्त्री ओलीले पार्टीमा स्वागत गरेका थिए। 

जनतामा जाने ओलीको निर्णयलाई समर्थन गर्दै आफू ओली समूहको नेकपामा प्रवेश गरेको यादवले बताए। 

पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकलाई अस्थिरतामा धकेल्ने खेल भइरहेको छ। जनतामा जाने निर्णयलाई समर्थन गर्दै म नेकपामा आवद्ध भएको हो। मलाई पार्टीले जुन जिम्मावारी दिन्छ, त्यसमै रहेर काम गर्छु। म पहिला पनि एमालेमै थिएँ।’

महोत्तरीका यादव दोस्रो संविधान सभामा तत्कालीन समाजवादी फोरमका सांसद थिए।

प्रकाशित मिति: ११:१३ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्