Kathmandu Press

संवैधानिक निकायका पदाधिकारीले लिए शपथ

काठमाडौं, माघ २१ : संवैधानिक निकायमा पदाधिकारीहरुले आज बिहान शपथ ग्रहण गरेका छन्।आज बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त गरिएका पदाधिकारीले राष्ट्रपनि भवनमा आयोजित...
संवैधानिक निकायका पदाधिकारीले लिए शपथ

काठमाडौं, माघ २१ : संवैधानिक निकायमा पदाधिकारीहरुले आज बिहान शपथ ग्रहण गरेका छन्।

आज बिहान विभिन्न संवैधानिक निकायमा नियुक्त गरिएका पदाधिकारीले राष्ट्रपनि भवनमा आयोजित एक कार्यक्रममा शपथ ग्रहण गरेका हुन्। आयोगका अध्यक्षहरुलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले शपथ ग्रहण गराएका हुन्।

त्यस्तै, संवैधानिक आयोगका सदस्यहरुलाई आयोगका अध्यक्षहरुले शपथ ग्रहण गराएका छन्। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति रहेको थियो।

सरकारले संवैधानिक आयोगसम्बन्धी ऐन अध्यादेशमार्फत संशोधन गरेको थियो। त्यसपछि संवैधानिक परिषदले विभिन्न आयोगमा पदाधिकारी सिफारिश गरेको थियो।

उनीहरुको संसदीय सुनुवाइका लागि पुस ५ गते संघीय संसदमा पठाएको थियो। बिहान प्रतिनिधिसभा विघटन गरिएको र साँझ मात्रै संसदीय सुनुवाइका लागि सिफारिश पत्र आएको जनाउँदै सभामुख अग्निप्रसाद सापकाेटाले फिर्ता पठाएका थिए।

संवैधानिक परिषदले सिफारिश गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। संसदीय सुनुवाइ नभए स्वतः नियुक्त हुने व्यवस्थाअनुसार उनीहरुलाई शपथ ग्रहण गराइएको हो।

प्रकाशित मिति: १०:३० बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्