Kathmandu Press

म्यानचेस्टर युनाइटेडको कीर्तिमानी जित, साउथह्याम्प्टनको पोष्टमा ९ गोल 

म्यानचेस्टर युनाइटेडको कीर्तिमानी जित, साउथह्याम्प्टनको पोष्टमा ९ गोल 

काठमाडौं, माघ २१ : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्प्टनमाथी कीर्तिमानी जित निकालेको छ ।  साउथह्याम्प्टनलाई ९–० गोलको फराकिलो अन्तरले हराउँदैं म्यानचेस्टरले कीर्तिमानी जित निकालेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमै साउथह्याम्प्टनका अलेकजान्द्रे जान्केवीचले रातो कार्ड पाउँदै मैदान बाहिर गए। खेलको ८६ औँ मिनेटमा बेड्नारिक रातो कार्ड पाएर मैदानबाट बाहिरिए पछि ९ खेलाडीमा झर्यो। पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफमा थप पाँच गोल गरेको हो।​

युनाइटेडका लागि  एन्थोनी मार्सलले ६९ र ९० औँ मिनेटमा गरि दुई गोल गरे। वान–बिसाकाले १८ औँ, मार्कस रासफोर्डले २५ औँ, एडिन्सन काभानीले ३९ औँ, स्कट म्याकटोमिनीले ७१ औँ, ब्रूनो फेर्नान्डेसले ८७ औँ तथा ड्यान जेम्सले इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा गोल गरे। यस्तै बेड्नारिकले ३४ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए।

जितपछि युनाइटेडले २२ खेलबाट ४४ अंक जोडेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीको पनि समान अंक छ । तर गोलअन्तरमा युनाइटेडले सिटीलाई पछि पार्न सकेन ।

लिगमा लगातार चोथो हार ब्यहोरेको साउथह्याम्प्टन भने २१ खेलबाट २९ अंकसहित १२ औं स्थानमा छ ।

प्रकाशित मिति: ०७:२२ बजे, बुधबार, माघ २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्