Kathmandu Press

पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

काठमाडौं, माघ २१ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी विपक्षी नेता एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका कैद...
पुटिनका कट्टर आलोचक नभाल्नीलाई साढे तीन वर्षको जेल सजाय

काठमाडौं, माघ २१ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक तथा अभियानकर्मी विपक्षी नेता एलेक्सी नभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षका कैद हुने फैसला सुनाएका छन्।

केही समयअघि रुस लगिएका उनीमाथी भएको निर्णयको विश्वभरबाट आलोचना भएको छ। न्यायाधीशले दोषी प्रमाणित गरेर जेलमा पठाउने निर्णय सुनाएपछि नभाल्नीले त्यसलाई राष्ट्रपति पुटिनविरुद्ध आफूले चुनौती दिएकाले आफ्नो आवाज दबाउन त्यसो गरिएको प्रतिक्रिया दिए। नाभाल्नीलाई यसअघि आपराधिक मामिलामा गिरफ्तारपछि उनलाई पेरोलमा छोडिएको थियो।

अघिल्लो महिना जर्मनीबाट रुस फर्किएका नाभाल्नीलाई विमानस्थलबाट नै पक्राउ गरिएको थियो। नाभाल्नी रसिया फर्किन साथ पुटिन विरोधी प्रदर्शन बढेको थियो।  अहिले पनि रुसका कैयौं ठाउमा पुटिनको विरोधमा प्रदर्शन जारी रहेका छन्। 

नभाल्नीलाई पक्राउ गरेर थुनामा राखिएदेखि नै रुसभरका विभिन्न सहरमा दशौँ हजारले विरोध प्रदर्शन गर्दै आएका छन्।

प्रकाशित मिति: ०६:५२ बजे, बुधबार, माघ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्