मेयर्स कपका लागि काठमाडौं महानगरले ५० लाख दिने
काठमाडौं, माघ २० : नेपाल क्रिकेट संघले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यसका लागि काठमाडौं महानगरपालिकाले ५० लाख दिने...
काठमाडौं, माघ २० : नेपाल क्रिकेट संघले काठमाडौं मेयर्स कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने भएको छ। यसका लागि काठमाडौं महानगरपालिकाले ५० लाख दिने भएको छ।
मंगलबार एक कार्यक्रमबीच महानगर र संघबीच सम्झौता भएको छ। सम्झौतापत्रमा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र संघका अध्यक्ष चतुरबहादुर चन्दले हस्ताक्षर गरेका छन्।
यस अघि फुटबल क्लबहरुलाई सहयोग गरेको र अब क्रिकेटमा पनि सहयोग गर्न खोजिएको महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए। यो सहयोग निरन्तर रहने उनको भनाइ थियो।
क्रिकेट संघका अध्यक्ष चन्दले काठमाडौं महानगरपालिकाले नेपाली क्रिकेटको स्तर उकास्न र स्तरीय खेलाडी उत्पादनका लागि गरेको सहयोग अतुलनीय रहेको बताए।
महानगरले संघलाई दुई चरणमा सहयोग गर्नेछ। पहिलो चरणमा ६० प्रतिशत र दोस्रो चरणमा ४० प्रतिशत रकम उपलब्ध गराउनेछ। यो प्रतियोगिता चैतभित्र सम्पन्न गर्ने सहमति भएको छ।











