Kathmandu Press

भारतले बाटो बनाउँदा खसेको पहिरोले महाकाली थुनियो

दार्चुला, माघ २० : महाकाली नदी किनारमा भारतले बाटो बनाउँदा पहिरो खसेको छ। ठूलो पहिरो खस्दा महाकाली नदी थुनिएको छ।भारतले महाकाली नदीको पश्चिमपट्टी...
भारतले बाटो बनाउँदा खसेको पहिरोले महाकाली थुनियो

दार्चुला, माघ २० : महाकाली नदी किनारमा भारतले बाटो बनाउँदा पहिरो खसेको छ। ठूलो पहिरो खस्दा महाकाली नदी थुनिएको छ।

भारतले महाकाली नदीको पश्चिमपट्टी बाटो बनाइरहेको छ। बाटो बनाउने क्रममा दार्चुलाको माल्पामा ठूलो पहिरो खसेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए।

उनका अनुसार, पहिरो खस्दा महाकाली नदी थुनिएको छ। भारतीय पक्षले पहिरो पन्छाइरहेको उनले बताए।

जतिवेला पनि महाकाली फुट्न सक्ने भएकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरले अनुरोध गरेको छ।

मंगलबार प्रशासनले सूचना प्रकाशित गरि तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।

Image may contain: text

 

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्