जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ
४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुगु कार्मरग गाउँपालिका–१ का ५३ वर्षीय कार्म तामाङ सोमबार साँझ पक्राउ परेका हुन् ।
डोल्पा, माघ २० : जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा मुगु कार्मरग गाउँपालिका–१ का ५३ वर्षीय कार्म तामाङ सोमबार साँझ पक्राउ परेका हुन् ।
तामाङ गाउँघरमा कपडा बिक्री गर्दै हिँड्थे । उनी कपडा बिक्री गर्दै डोल्पा पुगेका थिए । उनले डोल्पामा ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी लिकुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १७:२९ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार