Kathmandu Press

दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा गर्‍याे पार्टी आधिकारिकताको दाबी पेस

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले निर्वाचन आयोग पुगेर पार्टी आधिकारिकताको दाबी पेस गरेको छ । राजनीति दलसम्बन्धी ऐनको दफा ४३ र ४४ का आधारमा पार्टी आधिकारिताकाे दाबी पेस गरेको हो ।
दाहाल–नेपाल पक्षले निर्वाचन आयोगमा गर्‍याे पार्टी आधिकारिकताको दाबी पेस

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले निर्वाचन आयोग पुगेर पार्टी आधिकारिकताको दाबी पेस गरेको छ । राजनीति दलसम्बन्धी ऐनको दफा ४३ र ४४ का आधारमा पार्टी आधिकारिताकाे दाबी पेस गरेको हो ।

दाहाल–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल  र माधवकुमार नेपालसहितका नेताहरुले आयोग पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेस गरेका छन्  । 

राजनीति दलसम्बन्धी ऐनको दफा ४३ मा  दुई वा दुईभन्दा बढी दलबीच दलको नाम, दलको छाप, विधान, झन्डा वा चिह्न र दलका पदाधिकारी, केन्द्रीइ समिति वा केन्द्रीय समितिको निर्णयको आधिकारिकताका विषयमा विवाद उत्पन्न भएमा त्यस्तो विवादको निरुपण आयोगबाट हुने उल्लेख छ । दफा ४४ मा भने विवाद निरुपणसम्बन्धी कार्यविधि रहेकाे छ ।

प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्