चार जिल्लामा चार शव फेला
देशका विभिन्न ठाउँमा चार शव फेला परेका छन् । इलाम, सिन्धुपाल्चोक, झापा र सर्लाहीमा एक एक शव गरी चार शव फेला परेका हुन् ।
काठमाडौं, माघ २० : देशका विभिन्न ठाउँमा चार शव फेला परेका छन् । इलाम, सिन्धुपाल्चोक, झापा र सर्लाहीमा एक एक शव गरी चार शव फेला परेका हुन् ।
इलामको सन्दकपुर गाउँपालिका-४ सोमबारे बस्ने ६४ वर्षीया चित्रमाया गुरुङ आफ्नै घरभित्र सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका-३ एक्ले भीरमा सोही गाउँपालिका(२ चोकटी बस्ने ७४ वर्षीय काशी थामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
झापाको बिर्तामोड नगरपालिका-५ डेरा गरी बस्ने ५० वर्षीया हेम कुमारी चौहान आफ्नै कोठामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
सर्लाहीको कविलासी नगरपालिका-६ मदनपुरस्थित बिर्ता पोखरी नजिकै खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीया महिला सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











