बुधबार साँझ बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं, माघ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।बुधबार साँझ ५ बजेको लागि बोलाइएको परिषद्को बैठक स्थगित...
काठमाडौं, माघ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ।
बुधबार साँझ ५ बजेको लागि बोलाइएको परिषद्को बैठक स्थगित भएको हो।
बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध विषय उल्लेख गरिएको थियो।
यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेको नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।
यसअघि मंगलबार साँझ नै बैठक बोलाइएको थियो। एक दिनपछि सारिएको बैठक पुनः स्थगित भएको हो।
प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
