नख्खु जेल पुगेर खानेपानी मन्त्री थापाले भेटे विप्लव समूहका नेता
काठमाडौं, माघ २० : खानेपानीमन्त्री मणि थापाले विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन्। मंगलबार बिहान नख्खु जेल पुगेर उनले वलीलाई...
काठमाडौं, माघ २० : खानेपानीमन्त्री मणि थापाले विप्लव समूहका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’ लाई भेटेका छन्। मंगलबार बिहान नख्खु जेल पुगेर उनले वलीलाई भेटेका हुन्।
कारागारको खानेपानी सम्बन्धि अनुगमनका लागि पुगेका पुगेका मन्त्री थापाले कारागारको निरीक्षण गर्दै विप्लव नेता वलीसँग संवाद गरेका थिए।
सरकार र विप्लव समूहबीच वार्ताको प्रयास भइरहेको समयमा मन्त्री थापाले वलीसँग भेट गरेका हुन्।
विप्लव समूहमाथि सरकारले २०७५ फागुन २९ गते प्रतिबन्ध लगाएको थियो।
२०७५ चैत ९ गते काभ्रेबाट पक्राउ पर्नु अघि वली विप्लव समूहका मध्यकमाण्ड इञ्जार्च थिए। उनलाई महानगरीय अपराध महाशाखाले नख्खुमा एनसेलको मुख्यालय अगाडि भएको विष्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरेको थियो।
प्रकाशित मिति: १२:२१ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
