निर्वाचन आयोगमा प्रचण्ड-नेपाल समूहद्वारा आफ्नो दल आधिकारिक भएको दाबी पेश
काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा आफ्नो दल आधिकारिक भएको दाबी पेश गरेको छ। मंगलबार आयोग पुगेका अध्यक्ष...
काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा आफ्नो दल आधिकारिक भएको दाबी पेश गरेको छ।
मंगलबार आयोग पुगेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितका नेताले दाबी पेश गरेका हुन्।
हिजो बसेको केन्द्रीय कमिटीको बैठकबाट आफूहरूसँग बहुमत रहेको भन्ने प्रमाणित भइसकेकोले आवश्यक कागजातसहित दाबी पेस गरेको वरिष्ठ नेता झलनाथ खनालले बताए।
प्रकाशित मिति: १२:०१ बजे, मंगलबार, माघ २०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![असन–इन्द्रचोकलाई लाग्यो दशैं [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-10_3ebed816-1791028779.jpg)
