Kathmandu Press

आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह आज निर्वाचन आयोग जाने भएका छन्। आफ्नो अभिकारिकता दाबी गर्न उक्त समूह आयोग...
आधिकारिकता दाबी गर्न प्रचण्ड-नेपाल समूह निर्वाचन आयोग जाँदै

काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूह आज निर्वाचन आयोग जाने भएका छन्। आफ्नो अभिकारिकता दाबी गर्न उक्त समूह आयोग जना लागेको हो।

सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले आफ्नो आधिकारिकता दाबी गर्दै आज आयोग जाने निर्णय गरेको थियो। बहुमतका केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै उक्त समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय उक्त समूहले गरेको हो। 

दुई समूहमा विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ। 

प्रकाशित मिति: १०:१५ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्