Kathmandu Press

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं, माघ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजेकाे लागि प्रधानमन्त्री...
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

काठमाडौं, माघ २० : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन्। 

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजेकाे लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ। 

बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध विषय उल्लेख गरिएको छ ।

यसअघि संवैधानिक परिषदले विभिन्न निकायमा गरेको नियुक्ति सिफारिसलाई प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले फिर्ता पठाइदिएका थिए। 

प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य हुन्छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भने बैठकबारे अहिलेसम्म केही खबर नभएको उनका सहयोगी भानु दउवाले बताए।

प्रकाशित मिति: १०:०८ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्