Kathmandu Press

नेकपा अध्यक्ष प्रचण्डविरुद्ध परेको अदालत अवहेलना मुद्दामा सुनुवाइ आज

काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाका बारेमा...
नेकपा अध्यक्ष प्रचण्डविरुद्ध परेको अदालत अवहेलना मुद्दामा सुनुवाइ आज

काठमाडौं, माघ २० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाका बारेमा आज सुनुवाई हुँदै छ ।

प्रचण्डले पटक–पटक अदालत र न्यायाधीशहरुलाई लक्षित गरी सार्वजनिक रुपमा धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै अधिवक्ता समीर हायूले अवहेलना मुद्दा दर्ता गराका थिए ।

अदालतको सामाजिक प्रतिष्ठालाई उचो बनाएर अदालतलाई सम्मान गर्ने, अदालतको आदेश फैसलालाई मान्ने र सामाजिक तहमा अदालतको औचित्यता कायम राख्ने प्रकारका काम गर्नु पर्नेमा प्रचण्डले सो विपरीत गरेको र कानुनतः दण्डनीय रहेको जिकिर रिट निवेदनमा गरिएको छ।

उनी सँगै सर्वोच्चमा हाल प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्व प्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध पनि अदालतको अवहेलना मुद्दा विचाराधीन रहेका छन् । 

प्रकाशित मिति: ०८:५२ बजे, मंगलबार, माघ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्